आचार्य ॐकारेश्वरानन्द अवधुत

समग्र स्वास्थ्यको खोजीः हालको दशकहरुमा स्वास्थ्य विज्ञानमा सर्वाङ्गिण स्वास्थ्य प्राप्तिको बाटो खोज्ने प्रयासहरु बढ्दै छन् । तैपनि सम्पूर्ण मानवको परिभाषा गर्नु असम्भव लाग्दैछ । कारण मानव शरीर त्यसका भागहरुका जोड भन्दा बढी केही छ । हाम्रो शरीर र मनको उत्पत्ति जुनसुकैबाट होस्, एउटा कुरा निश्चित छ कि दुबै मिलेर पूर्ण व्यक्ति निर्माण हुँदैन । यस बाहेक अर्कोले आयामको अस्तित्व छ जस्तो लाग्छ, जुन वर्तमान जीवविज्ञान र मनोविज्ञानलाई थाहा छैन । उदाहरणका लागि, जिवन र मृत्युको व्याख्याहरु यो दुइवटा ठूला विवाद छन् । आजका यी विज्ञानहरुमा मनको उत्पत्ति कसरी भयो यो पनि अर्को विवाद हो । यो दावा कि मन जडबाट पैदा भएको छ, पूर्णता तर्कसंगत लाग्छ किनकि हाम्रा मानसिक क्रियाकलापहरू चलाउने तरङ्गहरु मस्तिष्कबाट नै निस्किने गरी देखिन्छ ।

कतिपय अनुत्तरित प्रश्नहरूः कुनैपनि वस्तु जडबाट कसरी आउन सक्छ जब त्यो त्यसभित्र पिहलेदेखि थिएन ? शरीरको मृत्युको साथमै मन पनि मर्छ कि ? मनुष्यको जीवन कि कतिपय वर्षौंको एक्लो घटना हो या एक लामो घटनाहरूको सिलसिलामाझ एउटा कडी हो ? यी प्रश्नहरुका उत्तर के मा छ ? वर्तमान ज्ञानले यी अतिभौतिक प्रश्नहरुको जवाफ दिन सक्दैन । तर यो हाम्रो जीवविज्ञान र मनोविज्ञान बुझनका लागि अत्यावश्यक छ । यसका लागि एउटा नयाँ विज्ञानको जरुरी छ, जसमा अधिक फराकिलो र सूक्ष्म दृष्टिकोण छ, जसले वास्तविक दर्शन वा अति भौतिकशास्त्रका जगत्लाई खोल्न सक्छ । मानव अस्तित्वका अज्ञात आयोगहरूलाई छर्लङ्ग पार्ने सामग्रिक विज्ञानको आज खाँचो छ । आज यस्तो एउटा नयाँ विज्ञानको आवश्यकता जसले वस्तुगतको साँधुरो घेरा तोड्छ र पनि प्रत्यक्ष अनुभवबाट प्रमाणित हुने गरी तार्किक रहन्छ । मानव अस्तित्वका सबै पाटाहरु खोलेर साँच्चिकै सामग्रिक भनाउने जस्तो एउटा विज्ञान हो ।

जैव मनोविज्ञान के हो ? यो शब्द बनाउने दार्शनिक वैज्ञानिक चिन्तक श्री प्रभात रञ्जन सरकारले १९८७ इश्वी सन्मा आफ्ना शिष्यहरिलाई भन्नुभयो, भौतिक जगतका रहस्यहरु राम्रो बुझ्नका लागि अतिभौतिक क्षेत्रमा गोता लगाउनु पर्छ । मनका पराभौतिक कुराहरु जान्नका लागि आध्यात्मिक जगतको यात्रा अत्यावश्यक छ । उहाँका अर्का सिद्धान्तहरु जस्तै यस जैवमनोविज्ञानको आधारमा पनि यो नै तथ्य छ कि, यो मर्यादित विश्वअनुभव गर्छौ जुन हामीले अनुभव वा ग्रहण गर्न सक्दैनौं । ंयो चेतना सबैभन्दा सूक्ष्म र सर्वज्ञ सत्ता हो । उसको बुद्धि प्रकाशित भएर सधैं परिवर्तनशील जगतको निर्माण हुन्छ । यस सधैं बदलिने विश्वका भाग स्वरूप जीवनको उत्पत्ती र जीवहरुको उत्क्रान्ति हो ।

आफ्नो मूलस्रोतमा फर्किने बाटोः प्रकृितको नियम अनुसार सबै गतिहरु एकरेखीय छैनन्, वर्तुलाकार र तालवद्ध छन् । जेसुकै प्रकट भएको छ, विलिन हुनुपर्छ । त्यसले आफ्नो आधारमा फर्कनु पर्छ । अनन्त चेतनाबाट यो विश्वब्राह्माण्ड प्रकट भएको छ र आफ्नो भूमाबुद्धिले बनाएर राखेको छ । अब यसबाट मुक्तहुनुका लागि आफ्नो जस्तै सम्पूर्ण मानसिकता तयार पार्नु पर्छ । यसलाई बिन्दुगत मनोविज्ञान भनिन्छ । यस अवस्थामा मनका सबै वृत्ति संवेदनाहरु लक्ष्यतर्फ परिचालित हुन्छन्, जुन अनन्त चेतनासँग अन्तिम मिलनमा परिणत हुन्छ ।