हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको ४ सदस्यका लागि ३० जनाले उम्मेदवारी दिएका छन् । गत शुक्रबार विद्यालयको ४६ औं अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि ३० जनाले मनोनयन दर्ता गरेका हुन् ।
आइतबार विद्यालयले व्यवस्थापन समिति सदस्यका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । विद्यालय व्यवस्थापन समिति सदस्य बन्न निरञ्जन विष्ट, रविना गोले, रिंकु कर्ण, श्यामनारायण राउत, जमुना सापकोटा, संगीता घिमिरे, सरिता पुरी, रञ्जन राना मगर र राजप्रकाश भण्डारीले मनोनयन दर्ता गरेका छन् । यस्तै, शान्ति सुनार, चन्द्रबहादुर योञ्जन, युवराज दाहाल, अमूल खड्का, कविता जर्गा मगर, बलराम घिमिरे, जयश्री घुदुकडे, ऋषि केबी, प्रेमबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । मनिषा श्रेष्ठ, अञ्जना सूचीकार, रामचन्द्र बर्ताैला, राजन हुमागाईं, गणेश हुमागाईं, अशोककुमार पण्डित, सुवास न्यौपाने, ध्रुवप्रसाद देवकोटा, लक्ष्मी पाठक, सूर्यमाया गोले, सुशील आचार्य, लक्ष्मीकुमारी पौडेलको उम्मेदवारी दर्ता भएको विद्यालयले जानकारी दिएको छ ।
सर्वसहमतिबाट व्यवस्थापन समितिका ४ सदस्य चयनका लागि उम्मेदवारको नामावली प्रकाशन गरिएको विद्यालयका प्रधानाध्याक सरोज कर्णको हस्ताक्षरित सूचनामा उल्लेख छ । विद्यालयमा हाल २ हजार ६२ विद्यार्थी अध्ययनरत् छन् ।