
हेटौँडा : भोलि चैत १८ गते सोमबार इस्लाम धर्मावलम्बीहरुको प्रमुख पर्व ‘ईद उल फित्र’को अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
ईद उल फित्रमा सार्वजनिक विदा दिने विषय राजपत्रमै समावेश भएको उल्लेख गर्दै सोमबार परेको ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयको भनाइ छ । चन्द्रमा देखिने समय यकिन भएपछि मात्रै ईद उल फित्र निश्चित हुने भएकोले अगाडि नै सार्वजनिक बिदाको दिन तय गर्न कठिनाई हुने भएकोले ईद उल फित्र निश्चित भएसँगै बिदाको विषय पनि मन्त्रालयले निश्चित गरेर निर्णय सार्वजनिक गरेको हो । गृह मन्त्रालयले सार्वजनिक गरेको निर्णय जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।