–रमेशप्रसाद लामिछाने
१. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मिति २०७९ वैशाख २८ गतेको सार्वजनिक विदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा प्रकाशित सूचना बमोजिम नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७९ वैशाख १३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गतेबाट लागु हुने गरी शनिबार र आईतबार सार्वजनिक विदा दिने निर्णय भएकाले सो निर्णय कार्यान्वयनको सन्दर्भमा निम्न अनुसार विद्यालयहरुले वार्षिक शैक्षिक क्यालेण्डर तयार गर्न निर्देशन गरिएको भनिएको छ ।

क) विद्यालयहरुले साविक बमोजिम नै विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्ने ।
ख) शुक्रबार पनि विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्ने ।
ग) तोकिएको पाठ्यघण्टा र कार्यघण्टामा नघट्ने गरी हिउँदे वा बर्षे विदाबाट कटाई बढिमा ३० दिनसम्म मात्र एकै पटक वा पटक–पटक गरी विदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने ।

२. उल्लेखित निर्देशन बमोजिम शैक्षिक क्यालेण्डर बनाउँदा यो तालिका विश्लेषण गर्नु राम्रो होला ।

३. चालु शैक्षिक सत्र २०७९ को शैक्षिक बर्ष जेठदेखि चैत्रसम्म जम्मा ११ महिना हुने सरकारी निर्णय यसअघि नै बाहिर आइसकेकाले सो स्मरण गर्नै पर्ने हुन्छ ।

४. बर्षे वा हिउँदे बिदा ५० दिनबाट कटौति गरी ३० दिनसम्म मात्र बिदा दिन भनिएकाले माथिको तालिकामा श्रावण, असोज र माघमा दश दश दिन भनिएकोलाई बर्षातको अवधिमा र दशैं तिहार जोड्न चाहनेहरुका लागि असोजमा दश दिन अनि पौषको अन्त तथा माघको शुरुमा दश दिन संकेत गरिएकोलाई हालको प्रचलन जस्तै बर्षा र ठण्डीकालसँगै चाडपर्वलाई मध्यनजर गरी शिक्षालय रहेको भूगोलको वातावरण अनुकूल हुनेगरी उक्त तीस दिन बिदा मिलाउन सक्ने व्यवस्थालाई सरकारी निर्णयले लचिलो सन्देश दिएको बुझिन्छ ।

५. विद्यालयस्तरमा त्रैमासिक र अर्धवार्षिक दुईवटा निर्माणात्मक र सत्रको अन्तमा लिइने बार्षिक परीक्षा निर्णयात्मक गरी कूल तीन वटा परीक्षालाई भाद्र, पौष र चैतको शुरु हप्तामा सञ्चालन गरिनु उपयुक्त बन्न सक्ने देखिन्छ ।

६. चैत्र महिनालाई बार्षिक परीक्षा लगायत एसईई समेतको परीक्षा भएकाले यो महिनामा पढाई गर्न सकिन्न । बाँकी दश महिनामा शनिबार, आईतबार र चाडपर्व समेत गरी जम्मा १ सय ११ दिन बिदा हुने अनि शिक्षण संस्था खुल्ने दिन १ सय ६८ हुँदा यसैभित्र १६ दिन परीक्षाका दिन घटाएर अध्ययन अध्यापन हुने दिन १ सय ३१ दिन बाँकी हुन्छ । जबकि यसअघि शिक्षा मन्त्रालयले विद्यालयहरु कम्तिमा पनि २ सय २० दिन खुल्नै पर्ने र १ सय ९२ दिन पढाई हुनैपर्ने भन्दै आएको थियो । यी दिनहरुको निर्धारणमा कक्षागत विषयहरुको पाठ्यभारलाई मध्यनजर गरी हिसाव गरिएको देखिन्छ ।
शैक्षिक सत्र नै एक महिना कम हुनु र आईतबार बिदा थपिँदा यो समस्या आएको हुन सक्छ । यद्यपि बर्षे वा हिउँदे बिदा ५० दिनबाट घटाएर ३० दिन कायम गर्ने भनिएको छ । सायद यो २० दिन हप्ताको ४ घण्टा बढाउनुपर्ने समय यथावत राखिएपनि उता शुक्रबार पुरै समय कक्षा संचालन गर्दा हप्तामा २ घण्टा समय त बढ्छ नै । यो समेत हिसाब गरेर हेर्दा सातामा २ घण्टा उक्त २० दिनको मेकअप गर्न भनिएको हुनसक्छ ।

७. पाठ्यक्रमले निर्धारण गरेको क्रेडिट आवर ५ भएका हरेक विषयहरुको वार्षिक वर्किङ आवर ३२ह्५ं१६० घण्टा हुन्छ । यहि हिसावले क्रेडिट आवर ४ भएका हरेक विषयहरुको बार्षिक वर्किङ आवर ३२ह्४ं१२८ घण्टा र क्रेडिट आवर ३ भएका हरेक विषयहरुको बार्षिक वर्किङ आवर ३२ह्३ं९६ घण्टा हुन्छ । जबकि माध्यमिक तह कक्षा ९ र १० मा कक्षागत बार्षिक क्रेडिट आवर ३२ र जम्मा कार्यघण्टा १ हजार २४ निर्धारण गरिएको छ । त्यस्तै आधारभूत तहको कक्षा ६–८ मा बार्षिक क्रेडिट आवर २८ र कार्यघण्टा ८ सय ९६ भनिएको छ ।
(लेखक हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)