रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौंडाः सोमबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । मकवानपुर सहकारी अस्पतालको १४औं स्थापना दिवसको अवसर आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका मकवानपुर सहकारी अस्पतालका प्रशासन अधिकृत रामचन्द्र रेग्मीले बताउनुभयो । अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी एवम् स्थानीयले रक्तदान गरेका हुन् ।

स्थापना दिवसको अवसरमा भोलि मंगलबार हेटौंडा २ स्थित ओम वृद्धाश्रमलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिने उहाँले बताउनुभयो । त्यस्तै स्थापना दिवसको अवसरमा भोलिदेखि जेठ मसान्तसम्म पूरा शरीरको जाँच गरिने रेग्मीले बताउनुभएको छ ।