हेटौँडा : नुहाउने क्रममा बाथरुममा बेहोस हुनुभएका बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीको स्वास्थ्य सामान्य भएको छ । सोमबार बिहान हेटौँडास्थित निवासमै नुहाउने क्रममा बेहोस हुनुभएका सचिव दर्जीको हेटौँडा अस्पतालमा उपचारपछि मधुमेहको तहमा सुधार नभएको र मुटुसम्बन्धी विशिष्ट परीक्षणका लागि काठमाडौंस्थित सिभिल अस्पताल रेफर गरिएको छ ।
मंगलबार ३ बजेको समयमा सचिव दर्जी काठमाडौं जानुभएको आन्तरिक मामिला मन्त्रालयका अधिकृत उमेश सोतीले जानकारी दिनुभयो । ‘हेटौँडा अस्पतालमा उपचारपछि सचिव ज्यूको स्वास्थ्य अवस्था सामान्य भएको छ । मधुमेहको तह र मुटुको पनि थप परीक्षण गर्न आवश्यक देखिएकोले काठमाडौंस्थित सिभिल अस्पताल रेफर गरिएको छ’, अधिकृत सोतीले भन्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेकाअनुसार हेटौँडा अस्पतालमा उपचारत् दर्जी डाक्टरको सल्लाहअनुसार काठमाडौंको सिभिल अस्पतालमा पुनः स्वास्थ्य परीक्षणका लागि जानुभएको हो । विशेषगरी छाती र मुुटुको परीक्षण गर्न डाक्टरले सुझाव दिएपछि उहाँ सिभिल अस्पतालमा पुग्नुभएको उहाँले जानकारी दिनुभयो । यस्तै छातीमा दाग समेत देखिएकाले स्वास्थ्यमा समस्या देखिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।