हेटौँडा : हेटौंडामा बुधबारबाट अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो संस्करणको प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–७ र हेटौंडा–१८ बीच प्रतिस्पर्धा हुनेछ । बुधबारै दोस्रो खेलमा हेटौंडा–८ र हेटौंडा–१३ को टिमबीच प्रतिस्पर्धा हुनेछ । १० वटा टिम सहभागी प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः एक लाख र ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछन् ।