अध्याय–१
सन् १९६२ जब अमेरिका र सोभियत सङ्घको बिचको सीतयुद्ध आफ्नो चरम सिमामा पुगिसकेको हुन्छ । सारा संसारमा खलबल मच्चिन्छ किनभने कुनै पनि मल कुनै पनि प्रहर तेस्रो विश्वयुद्ध हुन सक्छ । सारा संसार चिन्ता ग्रस्त हुन्छ । ठूला र शक्तिशाली देश युद्ध रोक्ने प्रयासमा हुन्छन् । कुनै पनि पल तेस्रो विश्वयुद्ध हुन सक्छ र सारा संसारको विनाश हुन सक्छ ।
यसै बेला १५ वर्षअघि ब्रिटिश उपनिवेशबाट स्वतन्त्रताको पाएको भारत आफूले गुमाएको सम्मान पाउने बाटोमा लम्केको हुन्छ । २०० वर्षको गुलामीले गर्दा आफूले गुमाएको सम्मान आफूले गुमाएको संस्कृति आफुले गुमाएको पहिचान, आफूले गुमाएको स्तर फेरि पाउनलाई भारत हिँडिसकेको हुन्छ । विश्व गुरु बन्ने सपना बोकेर भारत आफ्नो बाटो हिँडिसकेको हुन्छ । अमेरिका, सोभियत सङ्घ जस्तो आफ्नो बेग्लै पहिचान बनाउने भारत प्रगतिको बाटोमा थियो ।
भारतको ऋष्यामुख भन्ने ठाउँको दुई जना केटाले पूरा भारतको भविष्य बदल्नेवाला थिए । यी दुई जना जवान केटाले पूरा भारतको भविष्यमा ठूलो प्रभाव पार्नेवाला थिए । ऋष्यामुख एक प्राचीन ठाउँ थियो र इतिहासको धेरै पुस्तकहरुमा यसको उल्लेख पाउन सकिन्थ्यो ।
ऋष्यामुख भन्ने गाउँमा दुई जना बुद्धिमान तथा कर्मठ केटा थिए । विजय र विनायक ऋष्यामुख गाउँको बुद्धिमान व्यक्तिका श्रेणीमा पर्थे । दुवै जना बाल्यकाल देखिकै साथी थिए । विजय र विनायकले आफ्नो बाल्यकाल साथमा नै विताएका थिए । ती दुवै जना साथमा नै विद्यालय र कलेज पढेका थिए । दुवै जनामा प्रगाढ मित्रता थियो । जस्तो सुकै स्थितिमा पनि दुवै जना साथ रहन्थे र समस्याको समाधान मिलेर खोज्थे ।
पेशाले दुवै जना इन्जिनियर थिए तर ६० को दशको भारतमा बेरोजगारको दर धेरै थियो । अधिकतम मान्छेहरु सित त्यति बेला रोजगार थिएन । भारत प्रगतिको बाटोमा थियो तर भारतसित समस्याको अभाव थिएन । विजय र विनायक पनि बेरोजगारहरुको मध्येका थिए । दुइटै जना जवान भएकाले तिनीहरुमाथि जिम्मेवारी पनि थियो । आफ्नो जीविका चलाउनलाई विजय र विनायक ऋष्यामुखबाट १८ किलोमिटर टाढा भएको कोइलाको खानीमा काम गर्थे । काम गर्नमा रुची नभएपनि आफ्नो जीविका चलाउनलाई तिनीहरु यस्ता काम गर्न बाध्य भएका थिए ।
विजय र विनायक इन्जिनियर भए पनि तिनीहरुलाई इतिहास खुब मन पथ्र्यो । साँझपस काम गरेर आउँदा तिनीहरुले आफ्नो देशको आफ्नो प्राचिन भारतको इतिहास पढ्थे । इतिहास पढ्दा पढ्दै उनीहरु आश्चार्य चकित हुन्थे किनभने धेरै किताब उनले पढेका थिए कि प्राचीन भारत धेरै धनी थियो । विज्ञानको क्षेत्रमा गणितको क्षेत्रमा, अर्थ व्यवस्थामा प्राचीन हिन्दु सभ्यता धेरै अगाडि थियो । प्राचीन हिन्दु सभ्यतासँग प्रतिस्पर्धा गर्ने टाढा टाढासम्म कुनै पनि सभ्यता थिएन ।
१२ आँै शताब्दीमा भारतमा पहिलो सफल र इस्लामिक आक्रमण भएको थियो र ८०० वर्षका लागि हिन्दुहरु मुस्लिमको गुलाम भएर बसेका थिए । ८०० वर्षको क्रुरताले भरिएको शासनले गर्दा भारतलाई तथा हिन्दु संस्कृतिलाई धेरै क्षति भयो । हिन्दु संस्कृतिलाई सबैभन्दा बढी क्षति ब्रिटिश शासनमा भएको थियो । यस्ता थप जानकारी पढ्दा पढ्दै विजय र विनायक आफ्नो संस्कृति र आफ्नो भूमिमा धेरै गर्व गर्थे । आफ्नो देश र आफ्नो संस्कृति प्रति विजय र विनायक समर्पित थिए । आफ्नो संस्कृतिको मायाले गर्दा नै तिनीहरुले विदेशको रोजगार अस्वीकार गरेका थिए । तर एकदिन विजय र विनायकले आर्थिक स्थिति पनि धेरै कमजोर थियो । उनीहरु आर्थिक रुपले पनि धेरै सङ्घर्ष गरिरहेका थिए । तर एकदिन एउटा घटनाले विजय र विनायकको जीवनलाई परिवर्तन गरिदिन्छ । कोइलाको खानीमा काम गर्दा गर्दैै विजयले एउटा बासक भेट्टाउँछ । त्यो बाकस चारकुने हुन्छ र त्यसमा नक्षत्रको चिन्ह हुन्छ । विजय र विनायकले त्यस बाकसलाई आफ्नो घरमा लिएर आउँछन् । तिनीहरुले त्यस बाकसलाई खोल्ने प्रयास गर्छन् तर खोल्न सक्दैनन् ।
राति खाना खाएर विजय सुत्न जान्छ । सुत्दाखेरी त्यसले त्यस बाकसको बारेमा नै सोचिरहेको हुन्छ । बाकसको बारेमा सोच्दा सोच्दै विजय सुत्छ । राति ३ बजे विजयको आँखा खुल्छ । आँखा खुलेपछि विजयले सबैभन्दा पहिले त्यो बाकसलाई नै हेर्छ । बासकसलाई हेर्दा खेरी विजयलाई आफ्नो बाल्यकालको याद आउँछ । विजयलाई याद आउँछ कि त्यसको हजुरबुबाले एउटा किताब राख्थ्यो । किताबमा त्यसको हजुरबुबाले आफ्नो अनुभवको बारेमा त्यो किताबमा लेख्थ्यो । आफूले विभिन्न ठाउँमा भ्रमण गरेको अनुभव विजयको हजुरबुबाले त्यस किताबमा लेख्थ्यो । विजयलाई बाल्यकालको स्मृति ताजा हुँदै जान्छ । विजयका लागि त्यो किताब एउटा रहस्यमयी किताब थियो । विजयलाई याद आउन थाल्छ कि सानो छँदा त्यसको हजुरबुबाले एउटा कुरा धेरै पटक त्यसको हजुरबुबाले त्यसलाई भनेको हुन्छ । सानो हुँदा त्यसले यस्ता कुरामा ध्यान दिएको हुँदैन । विजयलाई यस्ता कुराहरु मजाक मात्र लाग्थ्यो । विजयलार्य याद आउँछ कि एकपल्ट त्यसले त्यो किताब पल्टाएर हेरेको हुन्छ र आफूसित भएको बाकसको चित्र त्यस किताबमा हुन्छ । विजय पूर्ण निश्चित हुन्छ कि जून बाकस त्यो सित छ त्यसको बारेमा त्यसको हजुरबुबालाई पनि थाहा हुन्छ ।
विजयले त्यो बाकसलाई खोज्छ तर त्यस बाकसलाई त्यसले भेटाउँदैन । विहान हुँदा विजयले विनायकलाई आफ्नो घर बोलाउँछ । विजयले विनायकलाई आफ्नो हजुरबुवा र बाकसको सम्बन्धबारे भन्यो । विजयले विनायकलाई त्यस किताब बारे भन्यो जुनक किताबमा सानो हुँदा विजयले उस्तै बाकसको चित्र हेरेको हुन्छ । दुवै जना त्यो किताब खोज्ने भन्ने कुरामा आग्रह गर्छन् । दुवै जना मिलेर विजयको घरमा त्यस बाकसको खोजी गर्छन् । विजय र विनायकलाई त्यो बासक एउटा ऐतिहासिक बाकस जस्तो लाग्यो । बासकप्रति उनीहरुको रुची बढ्न थाल्यो । खोज्दा खोज्दै दुवै जना विजयको हजुरबुबाको कोठामा आउँछन् । त्यो कोठालाई उनीहरुले राम्रोसित छानबिन गर्छन् । विनायकले त्यो कोठाको आलमारीको तल हेर्दा त्यहाँ त्यसलाई एउटा कुरो अनौठो लाग्छ । विनायकलाई यस्तो लाग्छ कि आलमारीको पछाडि एउटा छुट्टै कोठा छ । विनायकले विजयलाई बोलाउँछ र आलमारी हटाउन आग्रह गर्छ । आलमारी धेरै नै भारी थियो । जसरी पनि उनीहरुले आलमारी हटाउँछन् । आलमारी हटाएपछि विजय आश्चर्य चकित हुन्छ किनभने आलमारीको पछाडि एउटा ढोका हुन्छ । यस ढोका बारे विजयलाई केही थाहा हुँदैन । यो ढोका पछाडि के छ भन्ने प्रश्न दुवै जनाको मनमा उठ्छ ।

विवेक ठाकुर
कक्षाः ११, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट