हेटौँडा : रामेछाप जिल्लाको मन्थली नगरपालिका–१०, चनखुमा रुखबाट लडेर वृद्धा मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया चिनमाया तामाङ रहेको बगमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार बिहान १० बजेको समयमा चिनमाया खन्युको रुखबाट हाँगा काट्ने क्रममा लड्दा गम्भिर घाइते भएकी थिइन् । घाइते चिनमायालाई उपचारका लागि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा चिनमायाको सोमबार बेलुका ८ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।