कसले भन्छ केही गर्न सक्दैनौँ हामीले ?
त्यो उचाई हुन्छाँै हामी अनि हेर्ने छौँ तिमीले
सन्तानलाई जन्माउने र हिँडाउने पनि महिला नै
जन्माएर हुर्काउने र टिकाउने पनि महिलानै
सगरमाथाको उचाइ होइ राखे है आफ्नो नाम
चुलो र चौका मात्र होइन गर्न सक्छौं अरु काम
महिलाले दरबार होइन तर घर धेरै बनाएका छन्
हजारौँ काम गरी आफ्नो पेट पाल्न सक्छन्
मनको माया आमाको काख उनी पनि महिला हुन्
घरलाई सम्हाली झलमल्ल बनाउने उनी महिला हुन्
दुःखलाई भोगी सुखलाई बाँड्ने उनी महान् देवी हुन
आफू नखाई अरुलाई खुवाउने उनी ति महिला हुन्
समान गरौँ महिलालाई तिमीले पुण्य पाउँछौँ
ए, महिला कति दुःखी तिमी महान् देवी हौ
गृष्मा खतिवडा