– सिधैँ सूर्यप्रकाशमा आसन अभ्यास नगर्नुसः किनकी चर्को घामले आसन गर्दा धर्मग्रन्थहरुबाट निस्कने पसिनाको साथमा प्राकृतिक तैलिय पदार्थ बाहिर आउँछ । यी तेलहरु फेरि छालामा फर्काउनको लागी अन्त्यमा मालिस गर्नु अपरिहार्य छ । यसैकारण खुल्ला जमिनको स्पर्श हुने गरी आसन गर्नु हुन्दैन । कम्बल, कालिन वा म्याटको व्यवहार गर्नुपर्छ ।
– आसन गर्ने ठाउँ धूँलो, धुँवा वा लामखुट्टे भगाउने, ग्याँस जस्ता स्प्रे वा वास्ना फैलाउने धूपहरु रहित हुनुपर्छ । यी सबैले श्वासप्रश्वास क्रियामा वाधा पुराउँछ । कसैलाई श्वास रोग वा एलर्जी छ भने झन् अप्ठ्यारो हुन सक्छ ।
– लुगाहरु ठीक्क कसिएका हुनुपर्छः यथासंभव योगाभ्यास एक्लै एकान्तमा गर्नुपर्छ । जसले गर्दा कमसेकम लुगाहरु लगाएर गर्न सकिन्छ । मांसपेशीमा अनावश्यक दबाब वा खुम्चिनबाट जोगिन ठिक्क कस्सिएका अन्तवस्त्रहरु मात्र लगाउने । पुरुषहरुले हाइड्रोशील वा हर्नियाबाट बच्नको लागी लङ्गोट व्यवहार गर्नु सधैँ राम्रो । यसले मुनिका दुईवटा तामसिक चक्रहरु-मूलाधार र स्वाधिष्ठानलाई दबाएर राख्छ र मनमा निम्न बिचार, कामुक भावनाको कमी भएर मन उध्र्वगामी र चिन्तन शुद्ध हुन्छ । जसले साधकलाई साधनामा, ध्यानमा मद्धत गर्छ ।
कमरपेटी (बेल्ट) फुकाएर राख्नुपर्छ, नत्र पेटका (भित्री अङगहरुमा अतिरिक्त दबाब पडेर रक्तसंचार बोधित हुन सक्छ । आसनको स्वभाविक गतिलाई कम गर्न सक्छ । एकदमै फिट स्कीनर जस्ता छालालाई टाँसेरै रहने टाइट वस्त्रहरुले पसिनामा निस्केका तेलहरु सोस्छ त्यसैले वर्जित छन् । घडी, कडा हार, रिङगहरु फुकालेर राख्नु र गोजीमा रहेका पेन वा अन्य नुकिला वस्तुहरु टाढा राख्नुपर्छ ।
– खालीपेट आसन अभ्यास गर्नुपर्छःसबैभन्दा राम्रो समय बिहानको नास्तापूर्व र रात्री भोजनपूर्व हो । भोजन गरेपछि तीन घण्टा पश्चात मात्र गर्नुपर्छ अन्य या पेट दुखाई, वाकवाकी अपच हुनसक्छ । आसन गरेपछि त्यसको मांशपेशी, स्नायु, ग्रन्थि, रक्तसंचार र प्राणउर्जा प्रवाहका सूक्ष्म लाभ लिनको लागी कम्तीमा आधाघण्टा पर्खनुपर्छ । ध्यान साधनामा सहायक शाकाहार नै हुनसक्छ ।
– महिलाहरुले महिनावारीको समय के गर्ने ? अतिशय रक्तस्राव र अनियमित मासिक स्राबबाट बच्नको लागी यी दिनहरुमा स्वास्थ्यासनहरु नगर्नु नै राम्रो । ध्यानासनहरु–पद्मासन,वीरासन र शवासन गर्नु सकिन्छ । गर्भावस्थाको ५ महिनापछि नगर्नु र बच्चा जन्माएर दुई महिना पछि गर्न सकिन्छ ।