मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको नयाँ कार्यसमिति

हेटौंडाः मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको आइतबार सम्पन्न तेस्रो अधिवेशनले ध्रुव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल चयन हुनुभएको छ भने महासचिवमा ज्ञानेन्द्र अधिकारी चयन हुनुभएको छ ।

अधिवेशनबाट देवीप्र्रसाद चौलागाईं कोषध्यक्षमा चयन हुनुभएको छ । सदस्यमा अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी, राजेशकुमार शर्मा र पारसमणि चयन हुनुभएको छ । सचिव पद रिक्त रहेकाले छिट्टै बैठक राखी सचिव चयन गर्ने निर्णय गरेको छ ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबेन्द्ररत्न राक्यको प्रमुख आतिथ्य थियो ।