१. पहिलो चरणमा नेपाल सरकार र स्थानीय सरकारको अव्यवस्थित तयारी अनि हामी स्वयंको लापरबाही , हेलचेक्राई र बलमिच्याई कै कारण कोरोना कहर भयावह भयो । त्यसको पश्चाताप र सत्तोसरापले अबको निकास दिदैन ।

२. अहिले दिनानुदिन थपिएको संक्रमितको संख्याले हामीलाई पिरोलेको छ । यसलाई सामान्य अर्थमा नलिनुको विकल्प छैन । सरकारको गलत रबैया र हाम्रो अपरिपक्व स्वास्थ सुरक्षण आचरण सँग हातेमालो गरेर कोरोना हाम्रो देश, टोल, छिमेक हुँदै घर घर भित्रीएको छ । कोरोना संक्रमितहरु हाम्रै वरिपरि थिए र भेटिए । छन र भेटिन्छन । यसैले संक्रमितको संख्या बढेकोमा अत्तालिनु भन्दा परिक्षणको दायरा बढेकोमा खुशी बनौ । ताकी ढिलै भए पनि सचेत हुने आंशिक मौका मिलेको छ ।

३. सरकार निकम्मा छ त भन्नै परेन । संक्रमित त जेनतेन खोज्ला उपचार गर्ने सम्पूर्ण तयारी गरेकै छैन । अर्को तर्फ ठूलो तयारी गर्ने आर्थिक हैसियत, जनशक्ति अनि स्वास्थ सामाग्रीको अभाव पनि छदै छ । देशको स्वास्थ अवस्था महामारीकै बीच रातारात सुसम्पन भएर आउने पनि होईन । केही घृणित अपाबाद घटना बाहेक गरिएका सरकारी पहल पनि हाम्रो अविश्वास अनि कुप्रचारको सिकार बनेका छन । क्वारेन्टाइन र आईसोलेशन वार्ड प्रायः जसो देखाउने दाँत भएका छन किनकि न त्यहाँ आवश्यक अपरिहार्य पुर्वाधार छ न जनस्तरमा त्यसको महत्त्व बुझाईएको छ । स्थानीयले अहिले पनि क्वारेन्टाइन र आईसोलेसन वार्डलाई कोरोना निराकरण र उपचार केन्द्र होइन कि कोरोना उत्पादन कारखानाको रूपमा बुझेका छन ।

४. कोरोनाको निश्चित औषधि नभएको कुरो धुर्व सत्य भैसक्यो । दैनिक आचारण, स्वास्थ्य र व्यवस्थित खानपिन, तातोपानी, बेसार पानी, घरेलु आयुर्वेदिक औषधि सेवन, अथवा ज्वरो, रुघाखोकीको औषधि सेवन गर्न अस्पताल वा आईसोलेसन वार्ड सम्म किन पुग्नु ? आफ्नै घर घरमा कुनै एकान्त र स्वास्थ्य कोठामा त्यसको पूर्व तयारी गरौँ । कोरोना लाग्यो भने गरौंला होइन कि लाग्न सक्छ त्यसैले गराँै भन्नेमा जाउ । यसो गर्दा अहिले स्थानीय सरकारले बनाएका क्वारेन्टाइन र आईसोलेसन वार्डमा बिरामी चाप घट्छ । अर्को तर्फ डाक्टरको प्रत्येक्ष निगरानी आवश्यक भएका बिरामी र सेल्फ क्वारेन्टाइन र आईसोलेसन वार्डको व्यवस्थापन गर्न नसक्नेको सहज पहुँच त्यहाँ सम्म पुग्छ ।

५. उपलब्ध अस्पताल, आईसोलेसन वार्ड, क्वारेन्टाइन, स्वास्थ कर्मी, सरोकारवाला संस्था र व्यक्तिको बद्ख्वाई, आलोचना मात्रै समय बर्बाद नगर्नुस् । सकिन्छ सकारात्मक र रचनात्मक सुझाव र सहयोग उपलब्ध गराउनुस । सम्पूर्णत नकारात्मकता हानिकारक छ किनकि गाह्रो साह्रो पर्दा अन्तिम अवस्थामा त्यही जानू बाहेक अर्को विकल्प हामी सँग छैन ।

६. आर्थिक बाहेक अन्य सवालमा लकडाउनले दिने मानसिक तनाव तपाईँलाई भन्दा तपाईँको छोराछोरीलाई परेको छ । यसर्थ तपाईँको दिक्दारी, वाक्कता वा सङ्कटको प्रभाव उनिहरुमा के गर्दा पर्दैन त्यसतर्फ गम्भीर ध्यान दिनुस ।

७. सबैभन्दा भन्दा ठूलो कुरो टोल छिमेकमा को संक्रमित छ भनेर चियो चर्चा, छिछी दुर दुर गर्नु भन्दा तपार्इँ बाहेक सबै संक्रमित भएको कल्पना गर्नुस र आवश्यक सामाजिक/भौतिक दुरी कायम गर्नुस र व्यक्तिगत स्वास्थ सुरक्षामा ख्याल गर्नुस ।
वा,
तपाईँ आफैँ संक्रमित भएको कल्पना गर्नुस । तपाईँबाट संक्रमण अरुलाई सर्न सक्छ भनेर सम्पुर्ण त स्वास्थ सचेतता अपनाउनुस ।