हेटौंडाः मेची–महाकाली राष्ट्रिय साइकल यात्री हेटौँडाको हिमालयन राइडर्स सोसाइटीका सदस्य समूह महाकाली पुगेका छन् । मेची पुलबाट मेची–महाकाली राष्ट्रिय यात्रा सुरु गरेका हिमालयन राइर्डस सोसाइटीका ३ जना सदस्य महाकाली पुगेका हुन् । ‘जलवायु परिवर्तन, न्यायका लागि साइकल’ भन्ने लक्ष्यसहित कात्तिक २४ गतेबाट यात्रा सुरु गरिएको थियो ।
हेटौँडा–१८, हर्नामाडीका बरुण खतिवडा, हेटौंडा–८, कमानेका कृष्णप्रसाद आचार्य र हेटौंडा–७, नागस्वतीका पृथ्वी बहादुर रायमाझी सोमबार दिउँसो करिब १ बजे महाकाली पुग्नु भएको हिमालयन राइर्डस सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभएको छ । “राष्ट्रका लागि साइकल र स्वास्थ्यका लागि साइकल” भन्ने नारालाई सार्थक बनाएर साइकलयात्रा गरेका ३ सदस्यीय समूह १० दिनमा महाकाली पुगेको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले बताउनुभयो ।
कमानेका सबैभन्दा अधिक ६९ बर्षका कृष्णप्रसाद, ५७ वर्ष उमेर समूहका वरुण खतिवडा र ६२ बर्ष उमेर समूहका पृथ्वी रायमाझी भोलि मंगलबार हेटौंडा फर्कनुहुने अध्यक्ष राजु थापा मगरले बताउनुभयो । साइकल चलाउनाले वातावरणको पनि संरक्षण गर्ने भएकोले यसको छुट्टै महत्व हुने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगर बताउनुहुन्छ ।