हेटौंडाः हेटौंडा–४ मा रहेको दाजुभाइ स्विट्सका सञ्चालक सहित पाँच जना जरिवाना तिरेर छुटेका छन् ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम प्रतिव्यक्ति एक सय रुपियाँ जरिवाना गरेर मंगलबार छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

निषेधाज्ञाको उल्लघंन गदै व्यवसाय संचालन गरेको आरोपमा प्रहरीले सोमबार दाजुभाइ स्विट्सका ४ जना र मंगलबार एक जनालाई पक्राउ गरेको थियो ।