(रजत वर्ष २०८१)
पृष्ठभूमिः मदन भण्डारी फाउन्डेसन जननेता मदन भण्डारीको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा निधन भएपछि मूलतः उहाँद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जवज) लाई समृद्ध पार्नु, यसलाई आम जनताको बिचमा स्थापित गर्नु र जननेताको योगदानलाई चिरस्थायी बनाइराख्न स्थापना गरिएको राष्ट्रिय स्वरुप ग्रहण गरेको गैरनाफामुलक सामाजिक संगठन हो । मदन भण्डारी चिन्तक तथा सिद्धान्तकार, आदर्शवान राजनीतिज्ञ र कुशल वक्ता हुनुहुन्थ्यो । त्यसैले नेपाली जनताले उहाँलाई जननेताको रुपमा स्विकार गरेका छन ।
जननेता मदन भण्डारी सिद्धान्तनिष्ठ, मानवतावादी राजनीतिज्ञ तथा समाजसेवी, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाको प्रवल पक्षपाती हुनुहुन्थ्यो । फाउन्डेसनले जननेताका यिनै संवैधानिक, वैचारिक र व्यवहारसिद्ध योगदानलाई सामाजिक अभियन्ता तथा जनमानसमा लगिकन उनिहरुलाई सामाजिक परिवर्तनको पक्षमा लाग्न प्रेरित र प्रोत्साहित गर्ने कोशिस गर्दै आएको छ । फाउन्डेसनले रचनात्मक क्रियाकलापहरु संचालन गर्दै आमजनताको शारीरिक तथा वौद्धिक विकासका निम्ति सहयोग पु¥याउँदै पनि आएको छ । विशेषगरी फाउन्डेसनले कला, साहित्य, संस्कृति, विज्ञान प्रविधिको क्षेत्रमा र शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप मार्फत सभ्य र सुसंस्कृत समाज निर्माणका लागि विशेष योगदान दिँदै आएको छ ।
सुरुमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा २०५६ असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यो संस्था दर्ता भएको थियोे । २०६१ असार १७ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंको निर्णयअनुसार यो संस्था फाउन्डेसनमा रुपान्तरण भयो । त्यतिबेलासम्म संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेको फाउन्डेसन २०६६ चैत्र १९ गतेदेखि राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम दर्ता भएको हो । यसरी मदन भण्डारी फाउन्डेसनले आज आफ्नो यात्राको २५ वर्ष पूरा गरेको छ र आफ्नो रजत वर्ष मनाइरहेको छ । यो संस्था एक प्रतिष्ठित सामाजिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।
उद्देश्यः फाउण्डेसनको स्थापना गर्नुको मूल उद्देश्य जननेता मदन भण्डारीको व्यक्तित्वलाई स्थापित गर्नु नै हो । मदन भण्डारी फाउन्डेसन केवल समाजमा देखाउन र चिनाउनका लागि मात्र नभएर जननेताका समाजोपयोगी सोच, विचार र दृष्टिकोणलाई व्यवहारमा उतार्न क्रियाशील हुने लक्ष्यमा अग्रसर संस्था हो । यिनै पक्षलाई आत्मसात गर्दै फाउन्डेसनको निम्न बमोजिमको उद्देश्य रहेको छ ।
– जननेता मदन भण्डारीको बहुआयमिक व्यक्तित्व, सिर्जनशील विचार, तथा राष्ट्रिय जिवनका गतिविधिलाई मार्गदर्शन गर्न उहाँले अघि सार्नु भएका नवीन सोच र मान्यताहरुको विकास, अध्ययन तथा तिनको कार्यान्वयन गर्दै सामाजिक विकास र परिवर्तनको ध्येयलाई अघि बढाउन प्रयत्नशील रहने ।
– मदन भण्डारीको बहुआयामिक व्यक्तित्व र उहाँको बहुपक्षीय योगदानहरुका बारेमा अध्यायन अनुसन्धान गर्दै उहाँका कामलाई चिरस्मरणीय बनाउने ।
– मदन भण्डारीले अघि सार्नुभएको नवीन सोच र विचारको उचित व्याख्या विश्लेषण गरी जनचेतना जगाउने ।
– मदन भण्डारीद्वारा प्रतिपादित सामाजिक आर्थिक तथा संस्कृति पक्षहरुको व्याख्या विश्लेषण गरी तिनको सामाजिक रुपान्तरणका कार्यान्वयन गर्ने ।
सामाजिक तथा आर्थिक रुपान्तरणः मदन भण्डारीका चिन्तन तथा सोचमा अभिव्यक्त भएका र उहाँको स्मृतिलाई ताजा राख्नको निम्ति मदन भण्डारी फाउन्डेसनले आफ्नो उद्देश्यमा आर्थिक सामाजिक नीति तथा कार्यक्रमहरु समेटिएको छ । जस्का माध्यमबाट मुलुकको सामाजिक, आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्नेछ ।
– देशमा व्याप्त अशिक्षा, गरिबी, बेरोजगारी, पछ्यौटेपन तथा भेद्भाव हटाउन विशेष पहल गर्ने । भ्रष्टाचार कुशासन विरुद्ध अभियान चलाउने । सुसंस्कृत सभ्य समाजको स्थापनाका लागि पहल गर्ने ।
– जनस्वास्थ्य, वातावरण, प्राकृतिक स्रोत तथा जनसंख्या व्यवस्थापनसम्बन्धी अध्ययन, अनुसन्धान तथा अस्पताल संचालन गर्ने ।
– सामाजिकरुपमा थिचोमिचोमा परेका जाति र महिलालाई स्वाभिमानी र स्वाबलम्बी बनाउन कार्यक्रम संचालन गर्ने ।
– देशको सामाजिक र आर्थिक विकासमा सहयोग पु¥याउन नीतिगत तहमा सल्लाह सुझाव दिने ।
– सामाजिक, आर्थिक, राजनीतिक तथा साँस्कृतिकरुपमा थिचोमिचो, शोषण र अन्यायमा परेका जनतालाई सशक्तीकरण गर्ने ।
– सामाजिक रुपान्तरणका लागि दक्ष कुशल र जिम्मेवार जनशक्ति निर्माण गर्न सम्बन्धित निकायको अनुमति लिएर विद्यालय, महाविद्यालय तथा शैक्षिक संस्थाहरु स्थापना गरी संचालन गर्ने ।
– शान्ति, अमन–चयन सुशासन तथा मानवअधिकारको पक्षमा कार्यक्रम संचालन गर्ने ।
– सामाजिक राजनीतिक क्षेत्रका विशिष्ठ योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने ।
– कला, साहित्यको उत्थान तथा विकास गर्न कार्यक्रम संचालन गर्ने ।
– स्वस्थ युवा देशका गहना हुन् भन्ने कुरालाई मनन् गरी युवालाई शारीरिक तथा मानसिक विकासका लागि विभिन्न खेलकुदसँग सम्बन्धित व्यायाम प्रशिक्षण तथा तालिम संचालन गर्ने ।
– युवा बीचमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने ।
फाउन्डेसनको राजनीतिक दलसँग सम्बन्धः जननेताले प्रतिपादन गर्नुभएको सिद्धान्तको कार्यान्वयन मूलतः राजनीतिक दलले मात्र गर्नसक्ने भएकाले उक्त सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्विकार गर्ने राजनीतिक दलसँग मदन भण्डारी फाउन्डेसनको नजिकको सम्बन्ध रहन्छ । यसैगरी लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय र अग्रगतिका लागि प्रतिबद्ध हुँदै क्रियाशील हुने राजनीतिक दलहरुसँग यी विषयहरुमा सँगसँगै अघि बढ्न फाउन्डेसन तत्पर रहने छ ।
फाउन्डेसनको विभिन्न संघ, संस्थाहरु र सरकारसँगको सम्बन्धः फाउन्डेसनले लिएका नीति र क्रियाकलापहरुप्रति नैतिक तथा भौतिक सहयोग तथा समर्थन गर्ने संघ, संस्थाहरुप्रति घनिष्ट र गाढा सम्बन्ध बनाउने छ । यसैगरी सरकारी निकायहरुसँग पनि हातेमालो र सहकार्य गर्न फाउन्डेसन तत्पर रहने छ ।
मकवानपुरमा फाउन्डेसन गठनः २०६८ साल असार ५ गते तत्कालिन मदन भण्डारी फाउन्डेसनका केन्द्रीय अध्यक्ष एवम् पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी ज्यूको प्रमुख आतिथ्यमा मकवानपुर जिल्लामा फाउन्डेसन गठन गर्नका लागि जिल्लाका बौद्धिक व्यक्तित्व, शिक्षक, बुद्धिजीवि, महिला, मजदुर, किसान लगायत लब्धप्रतिष्ठित महानुभावहरुको भेलाको आयोजना भएको थियो । उक्त भेलाले मकवानपुरका बहुआयामिक व्यक्तित्व श्रीचन्द्र शर्माको अध्यक्षतामा लक्ष्मी दुलाल उपाध्यक्ष र मकुन्द अधिकारी सचिव तथा बलराम फुयाल कोषाध्यक्ष रहनु भएको ३३ सदस्यीय जिल्ला शाखा गठन ग¥यो । उक्त तदर्थ समितिले वैचारिक छलफल, विचार गोष्ठी तथ महिलाहरुका पाठेघर परीक्षण सम्बन्धी महत्वपूर्ण कार्यक्रम सन्चालन गरेको थियो ।
त्यस्तैगरी २०६९ पौष १३ गते फाउन्डेसनको प्रथम साधारणसभा सम्पन्न भएको थियो । प्रथम साधारणसभाले मेरो (रघुनाथ खुलाल) अध्यक्षतामा जुनेली श्रेष्ठ उपाध्यक्ष, बलराम फुयाल सचिव, लक्ष्मण भण्डारी कोषाध्यक्ष र आशाकाजी श्रेष्ठ उप–सचिव रहेको २३ सदस्यीय जिल्ला शाखा गठन गरेको थियो । उक्त समितिले विचार गोष्ठी, अन्तरक्रिया, परिचयात्मक तथा समन्वयात्मक छलफल, सन्तुलित अहार–बिहार सम्बन्धी तालिम कार्यक्रम नगरको वडा–वडामा सन्चाालन गर्नुका सथै साहित्यिक प्रतियोगिता, हाजिरीजवाफ, वक्तृत्वकला लगायत विभिन्न महत्वपूर्ण कार्यक्रम सन्चाललन गर्दै फाउन्डेसनलाई नयाँ पुस्तामा पु¥याउने कामलाई तिव्रता दिएको थियो । त्यसपछि २०७३ साल पौष २९ गते दोस्रो साधरण सभाको आयोजना भयो उक्त सभाले पुनः मेरै (रघुनाथ खुलालको) अध्यक्षतामा जुनेली श्रेष्ठ उपाध्यक्ष आशाकाजी श्रेष्ठ सचिव र लक्ष्मण भण्डारी कोषाध्यक्षसहित १५ सदस्यीय समिति चयन गरेको थियो । उक्त समितिले पनि फाउन्डेसनका उद्देश्य लाई जनतामा पु¥याउन नेतृत्व विकास तालिम, असल समाज निर्माण सम्बन्धी, विभिन्न रचनात्मक कार्यक्रम व्यवस्थित र सघनरुपमा सन्चालन गर्दै थियो ।
२०७४ सालमा स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन, त्यसपछिका वर्षहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संस्थाको नियमित हुनुपर्ने काम अवरुद्ध हुन पुग्यो । सभा, सम्मेलन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि गर्न नसकिने परिस्थिति उत्पन्न भयो । देशव्यापी बन्दाबन्दी लागू हुनपुगी कोरोना आतंकको अवस्था सिर्जना बन्यो । यस्तो अवस्थामा पनि फाउन्डेसनले बन्दाबन्दीका कारण दैनिक ज्याला गरी खानुपर्ने अवस्थाका श्रमिकहरुलाई सहयोग गर्ने उद्देश्यले “हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउ” भन्ने अभियान संचालन गरेर लगभग १६०० जना अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई खाद्यान्न वितरण गरी महत्वपूर्ण सहयोगको मानवीय अभियान संचालन गरेको थियो । त्यसपछि २०७९ जेठ २९ गते संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको थियोे । उक्त सभाले पुनः म (रघुनाथ खुलाल) अध्यक्ष, आशाकाजी श्रेष्ठ उपाध्यक्ष, बोल बहादुर कार्की सचिव, चन्द्रावती पनेरू अधिकारी कोषाध्यक्ष र शिवहरि दहाल उपसचिव रहेको २१ सदस्यीय जिल्ला शाखा चयन ग¥यो । उपरोक्त समितिले वार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा शुभकामना, देउसी भैलो, विचार गोष्ठी, जिल्लाको समृद्धि बारे अन्तरक्रिया, वक्तृत्वकला, हाजिरीजवाफ, रक्तदान, श्रद्धाञ्जली, जननेताको जन्मजयन्ती र स्मृति दिवस लगायत अन्य महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आएको छ ।
श्रीचन्द्र शर्मा स्मृति सम्मान कोषको स्थापनाः मदन भण्डारी फाउन्डेसन मकवानपुर शाखाका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्मा मकवानपुर जिल्लाका एक परिचित राजनीतिज्ञ, बुद्धिजीवि, शिक्षक, यातायात व्यवसायी, वौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । सुचना संकलन, गहिरो अध्ययन, व्यावसायिक ज्ञान जस्ता विषयमा उहाँले दिनु भएको योगदानबाट हामी अहिले पनि धेरै कुराहरु सिक्न सक्छौं । उहाँको निधन कोभिट महामारीको कारण बन्दाबन्दी चलिरहेको समय २०७८ बैशाख २० गते क्यान्सर रोगका कारण ७५ बर्षको उमेरमा हुन गएको थियोे । निधनपछि उहाँको सबलाई दाहसंस्कार गर्न समेत थोरै सहभागितामा सुटुक्क गर्न परेको नमिठो पीडा अहिले पनि हामीलाई सम्झना आइरहन्छ । जिल्लामा सामाजिक, राजनीति, शैक्षिक र वौद्धिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको व्यक्तित्वको यस्तो असहज समयमा निधन हुनु अत्यन्तै दुःखद् थियो । त्यसैले जिवनका अन्तिम क्षणसम्म उहाँले दिनु भएको योगदान तथा मदन भण्डारी फाउन्डेसन मकवानपुर शाखाको संस्थापक अध्यक्ष समेत रहनु भएको नाताले उहाँप्रति सम्मान जाहेर गर्ने उद्देश्यले २०७९ जेष्ठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसरमा “श्रीचन्द्र शर्मा स्मृति सम्मान अक्षयकोष” स्थापना गरेको छ । उक्त कोषले प्रत्येक बर्ष जिल्लामा राजनीतिक एवम् सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्दै आएको कुरा पनि अनुरोध गर्न चाहान्छु ।
विगत १३ बर्षदेखि मकवानपुर जिल्लामा मदन भण्डारी फाउन्डेसनले विविध गतिविधि संचालन गर्दै आएको छ । समाजमा चेतना जागृत गर्दै आएको स्मरण गर्दै यो बर्ष फाउन्डेसनले २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत वर्षको रुपमा कार्यक्रम सन्चालन गरिरहेको व्यहोरा जानकारी गर्दछु । रजत वर्षको यो अवसरमा मदन भण्डारी फाउन्डेसनलाई माया गर्ने, साथ र सहयोग गर्ने, सुझाव र सल्लाह दिनुहुने सबै महानुभावप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । फाउन्डेसन कार्यसमितिका मेरा सहकर्मीहरु फाउन्डेसन मकवानपुरका सम्पूर्ण मित्रहरु लगायत सबै–सबैमा धन्यवाद व्यक्त गर्दछु । हामीलाई हर समय साथ, सहयोग, सुझाव र मार्गदर्शन गरेर संस्थाको कार्यक्रममा सरिक भएर हौसला र प्रेरणा प्रदान गर्नु हुने मदन भण्डारी फाउन्डेसनका संस्थापक केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका प्रथम मुख्यमन्त्री आदरणीय डोरमणि पौडेलप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।