हेटौँडा : होटल संघ बागमती प्रदेश समितिको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार दोलखा जिल्लामा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट मकवानपुरका निप्पु सर्राफ प्रथम उपाध्यक्षमा तथा हरिगोपाल सापकोटा सचिवमा सर्वसम्मत चयन हुनुभएको छ । संघको अध्यक्षमा काठमाडौंका दामोदर नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल २ वर्ष रहनेछ । अधिवेशनको उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुुख आतिथ्यमा भएको थियो ।