हेटौँडा : दोलखा जिल्लाको बिगु गाउँपालिका–२, जगतमा तामाकोसी खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु–२, ओराङका १७ वर्षीय प्रविण तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो २ बजेर ५० मिनेटको समयमा तामाकोसी खोलामा पौडी खेल्ने क्रममा डुबेर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।