हेटौंडाः मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट पुरस्कृत हुनुभएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार शुक्रबार ५ लाख रुपैयाँ नगदसहित अधिकारी पुरस्कृत हुनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई नगदसहित पुरस्कृत गर्नुभएको छ । मानवता प्रवद्र्धन महाअभियानमा विशेष योगदान पु¥याएको भन्दै अधिकारीलाई पुरस्कृत गरिएको हो ।