जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडाः चैत १ गते शुक्रबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरले केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सुरु गरेको छ । वडाले वडाबासीको नागरिकता अनलाइनबाट नै सिफारिस पेश गर्ने गरी उक्त प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सुरु भएसँगै अब मकवानपुरका बासिन्दा नागरिकताको सिफारिसपत्र बोकेर जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । यसअघि विकट राक्सिराङ र कैलाश गाउँपालिकादेखि सेवाग्राही सेवा लिन जिल्ला प्रशासन कार्यालय मकवानपुर धाउन बाध्य थिए ।

वडाले नागरिकताको सिफारिसपत्र उक्त प्रणालीमा पेश गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अध्ययन गरेरमात्र नागरिकता उपलब्ध गराउने व्यवस्था गरेको छ । जसले गर्दा वडाले कुन–कुन मितिमा सिफारिस ग¥यो भन्ने यकिन तथ्यांक राख्न सहज भएको सूचना अधिकारी कँडेलले बताउनुभयो । कार्यालयमा नागरिकता लिनेको संख्याको चापलाई मध्यनजर गरेर उक्त प्रणाली सुरु गरेको उहाँको भनाइ छ ।