हेटौँडा–४ स्थित श्रमिक माविमा एसईईको पहिलो दिन परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयमा एक सय ३८ जना अनुपस्थित भएका छन् । ५ हजार ८ सय ७६ जनाले नेपाली विषयको परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो ।

साधारणतर्फ छात्र २ हजार ६ सय ७९ र छात्रा २ हजार ८ सय ९१ गरी ५ हजार ४ सय ७१ जनाले परीक्षा दिएका छन् भने ४० छात्र र ३७ छात्रा गरी ७१ जना अनुपस्थित भएका छन् । प्राविधिक धारतर्फ छात्र एक सय ८ र छात्रा एक सय १२ गरी २ सय २० जनाले परीक्षा दिएका छन् भने ४ छात्र र २ छात्रा गरी ६ जनाले परीक्षा नदिएको प्रमुख गिरीले जानकारी दिनुभयो ।

यसैगरी ग्रेडवृद्धितर्फ १ सय ९ छात्र ७६ छात्रा गरी १ सय ८५ जनाले परीक्षा दिँदा ४१ छात्र २५ छात्रा गरी ६२ जना परीक्षामा अनुपस्थित भएका छन् । २८ वटा परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा भइरहेको छ । मकवानपुरका एक सय ३९ विद्यालयबाट ७ हजार ४ सय ८१ विद्यार्थीले परीक्षा फारम भरेका थिए ।