हेटौँडाः १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा माविस्तरीय चिठ्ठी लेखन प्रतियोगिता भएको छ । प्रतियोगितामा १३ वटा विद्यालयका २५ जना विद्यार्थी सहभागी भएका छन् ।
पछिल्लो पटक आफूले अध्ययन गरेको पुस्तकको समीक्षा गर्दै मिल्ने साथीलाई चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरिएको हो । पुष्पलाल स्मृति पुस्तकालय साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीलाई पुरस्कृत गरिने साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले जानकारी दिनुभएको छ ।
चिठ्ठी लेखन प्रतियोगितामा सहभागीका चिठ्ठी मूल्यांकन गरी एक साताभित्र नतीजा सार्वजनिक गरिने र अर्को महिनाको नियमित साहित्य सन्ध्यामा पुरस्तकृत गरिने साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले जानकारी दिनुभएको छ । १७ औं राष्ट्रिय पुस्तकालय दिवस “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइएको छ । नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरेको छ ।