हेटौँडा : हेटौँडा–४ स्थित लिटिल बडी प्रि–स्कूलले पूर्वप्राथमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार एक कार्यक्रमका बीच पूर्वप्राथमिक तह (युकेजी) को अध्ययन पूरा गरेका ४८ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।
विद्यालयले अभिभावकको उपस्थितिमा विद्यार्थीको नृत्य, उद्घोषण कलाको प्रस्तुती गराएको थियो । यस्तै केही विद्यार्थीले कविता वाचन गरेका थिए । पूर्वप्राथमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीलाई विद्यालयका प्रिन्सीपल युवराज दाहालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । यस्तै पुस्तक पठनमा राम्रो गर्ने विद्यार्थीलाई उपहारस्वरुप पुस्तकसहित प्रमाणपत्र वितरण गरिएको थियो । लिटिल बडी प्रि–स्कूलमा २ सय ६० जना विद्यार्थी अध्ययनरत छन् ।