रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा–११ स्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यालय परिसरमै शनिबार आयोजना गरिएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

सहकारीका अध्यक्ष दिनेश विडारीको अध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । सहकारीका सदस्य, कर्मचारी तथा स्थानीयले रक्तदान गरेका थिए । आफ्नै स्वामित्वको कार्यालय भवन रहेको सहकारीमा दुई हजार एक सय सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी एक करोड ३० लाख रुपैयाँ रहेको छ । सहकारीले सात करोड रुपैयाँ ऋण लगानी गरेको छ भने १० करोड रुपैयाँ बचत संकलन गरेको छ ।