हेटौँडा : हेटौँडा–१९, ज्यामिरेमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको‌ मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुने १९ वर्षीय किशोर रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान ९ बजेर ३० मिनेटको समयमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा प्र २–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले च्यापिएर ट्याक्टर चालक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४, हरपुरका १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जानकारी दिएको छ ।