नवनिर्वाचित अध्यक्ष दिपेन्द्र बानियाँ ।

हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दिपेन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । शनिबार भएको संघको ११औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा पवन दुलाल र मधुसुदन अर्याल, महासचिवमा सन्तोष घिमिरे, सचिवमा ओमप्रसाद चौलागाई, कोषाध्यक्षमा सीता तिमल्सिना र सहकोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा उज्वल खनाल, नारायणकृष्ण श्रेष्ठ, गोविन्दप्रसाद लामिछाने, नारायणप्रसाद दहाल, सौरभ श्रेष्ठ, सुदर्शन सुवेदी, लक्ष्मी गौतम र लिलाकुमारी आचार्य निर्वाचित हुनुभएको छ ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष नेत्रप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको पनि आतिथ्य रहेको थियो । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरमा ३ सयभन्दा बढी व्यवसायी आवद्ध छन् ।

सपथ ग्रहण गर्दै नवनिर्वाचित समितिका अध्यक्ष तथा पदाधिकारी ।