हेटौँडा : हेटौँडा–१३, पबित्रटोलकी क्यान्सर पीडित महिलालाई उपचारका लागि सहयोग गरिएको छ । हेटौँडा–१३ स्थित महेन्द्र माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत माया गोलेलाई शनिबार २ लाख ४७ हजार रुपैयाँ नगद सहयोग गरिएको हो ।
स्थानीय रेड हाइट क्लबको सक्रियतामा विभिन्न व्यक्ति तथा संघ, संस्थाबाट सहयोग रकम संकलन गरिएको संयोजक उद्धव गौतमले जानकारी दिनुभयो । शनिबार वडाध्यक्ष पेम्बा लामामार्फत क्यान्सरपीडित माया गोलेलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सहयोग रकम प्राप्त भएसँगै आइतबार उपचारका लागि भरतपुरस्थित क्यान्सर अस्पताल जाने बताइएको छ ।