जन्माउनु भो हुर्काउनु भो
आज्ञाकारी बनाएयौं जिम्मेवारी बनाउनु भो
आशीष तिम्रो सधै अपार
आमा हुन् हाम्रा ठूला अपार ।।
सिकायौं हामीलाई गर्न लडाईँ
दुःख र कष्ठ सबै भगाई
नौं नौं महिना कोखमा राखी
देवी र देवता सबै नै साँची ।।
देवता सरी तिम्रो कमलो पाउँ
आमाको प्रेम मुटुमा बढाऊ
आशिष तिम्रो मलाई सधै भरिपूर्ण
सिकायौं तिमिले चरि जस्तै उड्न ।।
प्रेम र मित्रतालाई तिमिले भाक्यौं
सन्तानको खुशीलाई संसारै डाक्यौं
हर्ष र खुशीलाई सबैभन्दा माथि
तिमि नै मिल्ने मेरो जिवन साथी ।।
तिमि नै मेरो लालीगुराँस फूल
आकाशको तिमि चम्मिलो चुन
आमाले सिकाउदिन राम्रो राम्रा काम
आमाको पाउँ नै स्वर्गको चार धाम ।।
खेल्ने छौं हामी राम्रो जुहार
उज्यालो तिम्रो कमलो मुहार
सत्यातालाई हामीले अगाडी बढाऊ
आमा नै पृथ्वी सबैले मानऊ ।।