प्रगतिशील लेखक संघको नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडा ः प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडा भएको संघको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा लीला उर्वशी, सचिवमा गायत्री सुवेदी, सहसचिवमा रमेश अविरल र कोषाध्यक्षमा विधान आचार्य चयन हुनुभएको छ । सदस्यहरुमा राजकुमार चौधरी, निलहरि ढुङ्गेल, सूर्यबहादुर गोले, विक्रम घलान र मनोज मोक्तान चयन हुनुभएको छ ।

प्रगतिशील लेखक संंघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षता तथा केन्द्रीय महासचिव डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । कार्यक्रममा ‘युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान’ बाट कवि निभा शाहलाई २२ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको छ ।