गम्भीर घाइते स्कार्पियो चालक ।

हेटौँडा ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरीमा शनिबार दिउँसो १ बजे भएको दुर्घटनामा सम्पर्कविहिन भएका स्कार्पियो चालकको स्वास्थ्य अवस्था गम्भीर रहेको पाइएको छ ।

पर्सा जिल्लाको बीरगन्जस्थित स्पर्स अस्पतालमा उपचाररत रौतहट जिल्लाको देवही गोनाही नगरपालिका–३ का २७ वर्षीय किशन प्रसाद साह गम्भीर अवस्थामा उपचाररत अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाँटी र छातीमा भित्रि चोट लागेर गम्भीर घाइते साहको आइसीयुमा उपचार भइरहेको छ । चिकित्सकको भनाइ अनुसार साहको अवस्था गम्भीर रहेको छ । घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुने हेटौँडा–४ का सुरेन्द्रलाल श्रेष्ठ र चितवनको राप्ती नगरपालिका–२ की सुनिता श्रेष्ठको मृत्यु भएको हो ।