नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पोखरेल ।

हेटौँडा ः नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । शनिबार भएको अधिवेशनबाट पोखरेलको अध्यक्षतामा ३४ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको हो ।

शिक्षक संगठनको हेटौँडा उपमहानगर कमिटीको उपाध्यक्षमा सृजना रानाभाट र रत्न बहादुर स्याङ्तान, सचिवमा चिरन्जीवी घिमिरे, कोषाध्यक्षमा प्रेम बहादुर स्याङ्तान, सह–सचिवमा सृजना कुमारी शर्मा, सह–कोषाध्यक्षमा उमा लामा चयन हुनुभएको छ । संगठनको हेटौँडा उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष गोपीरमण प्याकुरेलको सभाध्यक्षता तथा वागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको पनि आतिथ्य रहेको थियो ।