प्रज्वल ठुगाना कक्षाः ९, अमर मावि हेटौंडा–१

१. यो जस्वनमा केही गरेर देखाउनेछ
यस संसारमा साहित्य रचेर देखाउने छु
धेरै पढ्दै लेख्दै अघि अघि पढ्दै जान्छु
अनि साहित्यकार बनेर देखाउने छु ।

२. साहित्य के हो प्रिय कलम चलाएर हेर
माया के हो प्रिय माया लगाएर हेर
स साना कुरालाई बिर्सेर अगाडी बढ्न
मनबाट आफैलाई जगाएर हेर ।

३. आज भोलि मनको भाव लेखाई रहेछ
केही विचाराहरु मनमा ल्याउने टोलाई रहेछु
साहित्यिक यात्राको लागि अगाडी पढ्न
आफ्नै हातले कलमलाई भलाइ रहेछ ।

४. अहिलेका ठिटालाई फेसबुकमा लाइक चाहिन्छ
अहिलेका ठिटालाई बाइक चाहिन्छ
अहिलेका युवाहरु विग्रिएका छन् धेरै
लोक गीत छाडी र्‍याप गीत गाउन माइक चाहिन्छ ।