नाजुक बन्दै छ यो देशको अवस्था
यस्तो छ मेरो देशको राजनीतिक व्यवस्था
बाढी, पहिरो, भूकम्पले देश लथालिड्ड भयो
आम हड्ताल, अस्थिर शासनले देश अझैँ भड्ड भो
संविधान त सबैभन्दा राम्रो बन्यो भन्छन् यहाँ
व्यवहारमा काला पैसा, कुर्सी मुनि गन्छन् यहाँ
पैसा दिई गरिबलाई, भोट हाल्न मनाउँछन्
प्रत्येक दिन नयाँ सरकार, ढलाउँछन् बनाउँछन्
सदुपयोग हैन यहाँ, दुरुपयोग भयो हेर
अन्धकारमा बस्छन् जनता, त्यसै गयो खेर
प्राकृतिक सम्पदामा, मुलुक हाम्रो धनी भन्छन्
आयस्तर विकास हेर्दा, गरिबमा यसलाई गन्छन्
सभासद नेताहरुका यहाँ ठूलो महल बने
बलात्कृत निर्मला जस्ता अझैं शोषित पीडित बने
मेची महाकाली एक हौँ भनी नारा लाउँछन्
दुई छोरालाई लडाउँछन् अनि जुदाउँछन्
पार्टी एकता र फुटानले लथालिड्ड भयो देश
विदेशी राहतले नेता फेर्छन् आफ्नै भेष
कहिल्यै प्रचण्ड र कहिल्यै ओलिको भेला
घिन लाग्दो राजनीतिले नाटकै नाटकमा जाला
यस्तो छ नेता अनि जनताको कथा
कहिल्यै नटुङ्गिने मेरो देशको व्यथा
बराबरी विकास, न्याय यो देशबाट भाग्न थाल्यो
हो हजुर मलाई अब, देशको चिन्ता लाग्न थाल्यो