डा.गणेशकुमार पौडेल

असभ्य व्यवहार हुन्छ
त्यो जीवन उचाइमा पुग्दैन
गहिर्‍याइमा डुबेको हुन्छ ।।

जन्मिदा उच्च निच्च हुँदैन
विचार र स्वभावले हुन्छ
अशिक्षा र संगतले गर्दा खेरी
मानिस बिग्रिने र सप्रिने हुन्छ ।।

भाषा रंग रुप वा खानपानमा
आफूलाई श्रेष्ठ सम्झिएर
अरुलाई अपहेलना गर्नु हुँदैन
गरेमा निचता मानिन्छ सभ्य हुँदैन ।।

कुलीनतामा अपमान गर्नुहुँदैन
स्वार्थ निचता हो सभ्यता होइन
शान्तिमा अशान्ति मच्चाउँछ
ठूलो निचता हो अरु केही होइन ।।

अयोग्यमा निचता हुँदैन
तर अरुमा थुपार्नु सभ्यता होइन
अरुको गुण लिन सक्नुपर्छ
आफ्नो अपगुण नहटाई हुँदैन ।।