हेटौंडाः मकवानपुर जिल्लामा फ्रि मिडिया नेटवर्क गठन भएको । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा नेतृत्वको संयोजकत्वमा मिडिया क्षेत्र र पत्रकार सुरक्षाका क्षेत्रमा सरोकारवालाहरु सदस्य रहने गरी फ्रि मिडिया नेटवर्क गठन भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा फ्रि मिडिया नेटवर्क गठन भएको हो ।

नेपाल पत्रकार माहासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ । नेटवर्कमा सरोकारवाला निकायका प्रतिनिधिहरु १४ जना सदस्यमा मनोनित भएका छन् । जसमा जिल्ला समन्वय समितिको कार्यालयबाट भिमलाल महर्जन, जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, स्थानीय जनप्रतिनिधिमा हेटौंडा—१ की वडा सदस्य ईश्वरी रसाईली, सुरक्षा निकायका प्रतिनिधिमा वडा प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी, नेपाल बार एशोसिएसन मकवानपुर जिल्ला उपाध्यक्ष ऋषि केबी, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा मकवानपुरकी कार्यवाहक अध्यक्ष रमिला सापकोटा, जिल्लास्थित वरिष्ठ पत्रकारहरु २ जनामा प्रताप विष्ट र राममणि दाहाल चयन हुनुभएको छ । त्यस्तै फ्रि मिडिया नेटवर्कमा राष्ट्रिय मानव अधिकार आयोग जिल्ला शाखाका एक प्रतिनिधि, जिल्ला महिला सञ्जालका एक प्रतिनिधि, नागरिक समाजका २ जना गरी १५ जनाको समिति गठन भएको हो ।