शालिकराम पुडासैनी ।

हेटौंडा : हेटौंडा–११ स्थित डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः शालिकराम पुडासैनी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा बोजबहादुर पण्डितलाई हराउँदै पुडासैनी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

पुडासैनीले १९८ मत प्राप्त गर्दा पण्डितले १२५ मत प्राप्त गर्नुभयो । समूहको उपाध्यक्ष पदमा शिव अगस्ती विजयी हुनुभएको छ । यस्तै, सचिवमा कल्पनाकुमारी मगर निर्वाचित हुनुभएको छ । सहसचिवमा शेखरराज मैनाली सर्वसम्मत चयन हुनुभयो । समूहको कोषाध्यक्षमा निर्मला पुडासैनी निर्वाचित हुनुभयो ।

खुला सदस्यहरुमा हरिशरण लामिछाने, सुशान्त आले र रामेश्वर नगरकोटी विजयी हुनुभएको छ । खुला महिला सदस्यमा सीता न्यौपाने, माधुरी राना थापा, जनजाति महिला सदस्यमा सुनिता थापा र खस–आर्य महिला सदस्यमा कामना कार्की सर्वसम्मत चयन हुनुभएको छ । ४६६ मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ३४० मत खसेको थियो । १९६ हेक्टरमा फैलिएको जंगललाई १० प्लटमा विभाजन गरेर समूहले व्यवस्थापन गरिरहेको अध्यक्ष पुडासैनीले जानकारी दिनुभएको छ ।