हेटौंडाः जेसीआई बसामाडीको यस वर्षको जेसीज सप्ताहको दोस्रो दिन आज हेटौंडा–१० स्थित गोरक्षेश्वरधाममा खाद्यान्न सहयोग गरिएको छ । गोरक्षेश्वर धाममा १२ हजार रकम बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । चामल, दाल, तेल, पिठो लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको जेसीआई बसामाडीका महासचिव उद्धवराज कठायतले जानकारी दिनुभयो ।

जेसीआई बसामाडीका अध्यक्ष बिवेक बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसीआई बसामाडीका सल्लाहकार अर्जुन प्रसाद देबकोटाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु ईश्वरप्रसाद मैनाली, अनिल अग्रवाल, गोरक्षेश्वर क्षेत्र विकास समितिका महासचिव प्रकाश ढकाल, सचिव गीता श्रेष्ठ तथा संस्कृत वेद विद्यालयका शिक्षिका निलिमा घोष लगायतको आतिथ्य रहेको थियो । उज्जवल पोखरेलको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई बसामाडीका पदाधिकारीको उपस्थिति रहेको थियो ।