ध्रुव चौलागाई, अध्यक्ष, राष्ट्रिय अभिभावक संघ मकवानपुर

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गर्नुअघि देखि नै विद्यालयमा नियमित पठनपाठन हुन सकेको छैन । यसबीचमा पठनपाठन नियमित गराउने विषयमा ठोस् योजना बन्न सकेको छैन । बरु निजी विद्यालयका सञ्चालक र शिक्षक कर्मचारी बिच सेवा सुविधा लेनदेनको विषय चर्किरहेको छ । विद्यालयमा नियमित पठनपाठनको सन्दर्भमा राष्ट्रिय अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुव चौलागाई सँग समृद्ध समाज दैनिककी संवाददाता जेनिशा घिमिरेले गर्नुभएको कुराकानीः

समाजः कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न मुलुक लकडाउन भएर विद्यालयमा बालबालिकाहरुको पठनपाठन ठप्प हुँदा अभिभावकहरु चासो र चिन्ता कस्तो पाउनुभएको छ ?

चौलागाईः अभिभावकहरुले अहिलेको अवस्थामा हिजो संस्थागत विद्यालय, सामुदायिक विद्यालयमा पढाइ भएको अवस्थामा हामीले भर्ना गयौ , शूल्क ति¥यौ तर अहिले पढाई नभएको बेलामा हाम्रा छोराछोरीहरु स्कुलहरुले कहाँ छन्, के गर्दैछन् भनेर खोज तलास गर्दिएको भए राम्रो हुन्थ्यो । शिक्षकहरुले त्यसरी खोजिदिए भने हामीले विद्यार्थीहरुलाई पनि सम्झाउन सजिलो हुन्थ्यो भन्ने पाएका छौं ।

समाजः अहिलेको अवस्थामा अभिभावकहरुले नै आफ्ना छोराछोरीहरुलाई पढाउनुपर्ने अवस्था छ । यस्तो अवस्था अभिभावक संघले सचेत र सक्रिय हुन के गर्दैछ ?

चौलागाईः बालबालिकाहरुलाई पढ तिमीहरु भन्ने बाहेक अरु अवस्था छैन । उहि घरमा चाँहि तिमीहरु पढ भनेर मात्रै कतिन्जेल राख्ने, कसरी राख्ने गाह्रो भएको छ । उनीहरुलाई जति पढ् पढ् भने पनि पढ्दैनन् त्यसैले घरमा मात्रै पढाउन गा¥हो छ । शिक्षकहरु देखे भने पढ्न थाल्छन् ।

समाजः केही दिनदेखि पठनपाठन कसरी राम्रो बनाउने भन्दा पनि संस्थागत विद्यालयका शिक्षकहरुको सेवा सुविधाको विषयले विवाद बढिरहेको छ नि ?

चौलागाईः यसलाई अस्वभाविक मान्नु पर्दैन । उनीहरुलाई विद्यालयले पढाउन खटाउनुप¥यो नि । शिक्षकहरुले, विद्यालय संचालकले हिजोको दिनमा कति नाफा भयो भनेर खोजेका हैनन् । अहिले शिक्षकहरुलाई ३ महिना बन्द भएको अवस्थामा तलब पाउनुपर्छ भन्नु जायज कुरा हो ।

समाजः अहिले एकतिर सरकारले पठनपाठन नहुँदा अभिभावकहरुलाई शुल्क नर्तिनु भनेको छ भने अर्कातर्फ विद्यालयहरुले शुल्क तिर्न दबाव पनि दिएका छन् नी ?

चौलागाईः पहिलेदेखि सबै विद्यार्थीहरुलाई पढाएको अवस्था हुन्थ्यो भने अभिभावकहरुले हामी शुल्क तिर्दैनौं भन्न सक्ने अवस्था हुँदैनथ्यो । पढाउने बेलामा विद्यार्थीहरुलाई कसरी अगाडि बढाउने भनेर मार्गदर्शन नगर्ने अनि अहिले चाँहि सिधै शूल्क चाहियो भन्दा कसरी अभिभावकहरुले दिन सक्छन् त ? पढाउँदै नपढाएको अवस्थामा शुल्क ल्याओ भन्न त मिलेन नी ।

समाजः अहिलेको विषम परिस्थितिमा विद्यालयको पठनपाठन कसरी गर्नुपर्छ ? अभिभावक संघको धारणा के हो ?

चौलागाईः अहिलेको अवस्थामा पढाइ भन्दा जीवन ठूलो हो । हाल जुन महामारी देखिएको छ विशेष गरी बालबच्चाहरुलाई बढि संक्रमण हुने गर्दछ । ५, ६ महिना पढाइ रोकिने र सुरक्षित हुने अवस्था नआउन्जेल जोखिम लिएर विद्यालय पठाउने अवस्था छैन । आम रुपमा यो विश्वको कुरा जीवन नै धरापमा राखेर बालबालिकालाई विद्यालय पठाउने अवस्था छैन । शिक्षा र स्वास्थ्य आम रुपमा राज्य कै नियन्त्रणमा हुन पर्ने रहेछ । त्यो हुँदा निजी विद्यालयको हकमा पनि राज्यले सञ्चालकको परेको रकम तिरेर राष्ट्रियकरण र त्यहँँको शिक्षकहरुलाई रोजगार दिएर अगाडि बढाउने नीति दिर्घकालमा अगाडि बढाउनु पर्ने आवश्यक छ ।