हेटौँडा : हेटौँडा–९, लामसुरेधापस्थित मानसेवा आश्रमको आयोजनामा आइतबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु गरेको छ । मानवसेवा आश्रमको मुख्य कार्यालयमा आश्रमले १० करोडको अक्षयकोष निर्माण गर्ने उद्देश्यले महायज्ञ सुरु गरेको हो ।
आइतबार बिहान त्रिवेणीधामबाट सुरु भएको कलाश यात्रा महायज्ञस्थल पुगेको छ । महायज्ञको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले व्यक्तिगत २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । यस्तै प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जनाउनुभयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले एक करोड ५० लाख रुपैयाँ अनुदान स्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी कृष्ण धितालले ५ लाख ११ हजार एक सय ११ रुपैयँको चेक हस्तान्तरण गर्नुभएको छ ।
आश्रमको क्षमता अभिवृद्धि एवम् आर्थिक सहयोग जुटाउने र मानवता प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सप्ताह लगाइएको बताइएको छ । जसमा किचेन कोल्डस्टोरसहितको भवन निर्माण गर्न, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्न, आगामी वर्षसम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको संकल्प पूरा गर्ने लक्ष्य रहेको छ ।
पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित विशाल शोभा कलशयात्रा गरिएको छ । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ । बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौँडामा गर्न लागेको हो ।