विद्यार्थीलाई अभिमुखीकरण गर्नुहुँदै जिल्ला सरकरी वकिल कार्यालय मकवानपुरका न्यायाधीवक्ता विनोदप्रसाद पौडेल ।

हेटौँडा : जिल्ला सरकरी वकिल कार्यालय मकवानपुरले समुदायमा सरकारी वकिल कार्यक्रम आयोजना गरेको छ । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई समुदायमा सरकारी वकिल कार्यक्रमको आवश्यकता तथा महत्वबारे सहजीकरण गरिएको हो ।

जिल्ला सरकरी वकिल कार्यालय मकवानपुरका न्यायाधीवक्ता विनोदप्रसाद पौडेलको अध्यक्षता तथा क्याम्पसका कार्यवाहक क्याम्पस प्रमुख बालकृष्ण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधीवक्ता ठाकुरराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । फौजदारी मुद्दाको प्रक्रियाको विषयमा भण्डारीले सहजीकरण गर्नुभएको थियोे । फौजदारी कानुन र न्यायिक प्रक्रियासम्बन्धी प्रशिक्षणले विद्यार्थीमा फरक क्षेत्रको ज्ञान प्रदानमा सहयोग पुगेको बताइएको छ ।

कार्यक्रममा बीबीएस प्रथम, दोस्रो र तेस्रो वर्षका विद्यार्थी, जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका नायवसुब्बा सुमन ढकाल, सहायक क्याम्पस प्रमुख मनोजप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियोे ।