नखोज छुन, यी चिसा परेली
मनमा आगो, सल्केला फेरी ।
जाँदैछु म, भिरको बाटो
पछ्यौरी तिम्रो अल्झेला फेरी ।
तरेको खोला, तिम्रो हात समाई
त्यो पल अब म, कहिल्यै सम्झिन्न
जलाउ मेरो, तस्बिर त्यो दिलको
सजिलो होला, मलाई बिर्सिन ।
नखोज छुन, यी चिसा औला
अशुद्ध छु म, मैलिन्छौ फेरी ।
नजुधाउ नजर, जहर बनेर
अङ्ग अङ्गमा, फैलिन्छौ फेरी ।
गरेको वाचा, देउराली भाकी
झुटो भयो त्यो, सत्य रहेन ।
मनको कसम, आँखाको वचन
पीडा भयो त्यो, प्रेम रहेन ।
नखोज पुज्न, देउराली माता
पाउँछौ श्राप, पग्लिन्छौ फेरी ।
नखोज रोक्न, हात थामेर
फर्किन्छु म, सकिन्छौ फेरी ।
मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा–२