दुर्घटना ग्रस्त फोर्स गाडी ।

हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धाराखोल्छामा भारतीय फोर्स गाडी दुर्घटना भएको छ। प्रहरीका अनुसार ब्रेक फेल भई गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

सोमबार बिहान ७ बजेको समयमा काठमाडौंबाट हेटौँतर्फ आउँदै गरेको भारतीय यु पि ७० एन टि ६९१७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा भारत उत्तर प्रदेशका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह रहेका छन् । घाइतेहरुलाई हेटौँडा मोडल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको छ । गाडिमा १७ जना सवार रहेका थिए ।