लागूऔषध गाँजासहित पक्राउ परेका अनिल र अशोक ।

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१९, नेवारपानीबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लीपुरका ३० वर्षीय अनिल तामाङ र २४ वर्षीय अशोक बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आइतबार बेलुका ७ बजेर ३० मिनेटको समयमा चितवनबाट हेटौँडा आउँदै गरेको ना ७ ख ४५७३ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार उनिहरुको साथबाट लागूऔषध गाँजा बरामद गरेको थियो । प्रहरीले अनिल र अशोकको साथबाट १० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित अनिल र अशोक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।