हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय कुम बहादुर आले र भरतपुर महानगरपालिका–४ का ३२ वर्षीय दीपक परियार रहेको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ५ बजेर ५० मिनेटको समयमा प्रहरी टोलीले विरगंजबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ००७१ नम्बरको गाडीलाई सुरक्षाजाँच गर्दा गाडीमा सवार उनिहरुको साथबाट लागूऔषध खैरो हेरोईन बरामद गरेको थियो । प्रहरीले आले र परियारको साथबाट ५७ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ ।