(पुस्तक समीक्षा)
मैले पढेको पुस्तकको नाम पिन्टु राजकुमारी र भुँडे यति हो । यो पुस्तकका लेखक डा. उज्जवल विक्रम खड्का हुन् । यो बाल साहित्यमा आधारित पुस्तक हो । यो पुस्तकको प्रकाशन काठमाडौँ पब्लिकेसनले गरेको छ । यसको प्रकाशन मिति २०७२ साल हो भने यो २०७४ मा पहिलो संस्करण ७६ मा दोस्रो संस्करण र ७९ मा तेस्रो संस्करणको रुपमा प्रकाशनमा आएको पुस्तक हो । यो पुस्तकको पाना संख्या ५२ वटा रहेका छन् । यसको आईएसबीएन नम्बर ९७८ ९९३७ ६७२ ४१ २ हो । यसको बजारको मूल्य १५० रुपैयाँ रहेको छ ।
यस पुस्तकमा राजकुमारीले देखेको सपनाको बारेमा लेखिएको छ । यस पुस्तकभित्र सातवटा विभिन्न विषयहरू रहेका छन् । यस पुस्तकमा राजकुमारी, बालक, चरा, भुँडे यति आदि पात्रहरूको रुपमा प्रयोग भएका छन् । पुस्तकको आकार सानो खालको रहेको छ । यस पुस्तकलाई एक घण्टामा बसेर पढेर सिध्याउन सकिन्छ । यसको भाषा पढ्न र बुझ्न सजिलो छ । यस पुस्तकले अरुलाई अनावश्यक दुःख दिनुहुन्न, साना बालबालिकाहरू ज्ञानी हुनुपर्छ, आमा बुबाले भन्नुभएको कुरालाई मान्नुपर्छ भन्ने कुरा सिकाउन खोजिएको छ ।
मलाई यो पुस्तक पढ्दा पिन्टो पात्र देखेर असाध्यै रमाइलो लाग्यो । म यो पुस्तक म जस्तै साना मेरा साथीहरुलाई पढ्ने सल्लाह दिन्छु । यस पुस्तकमा कतै–कतै शब्दहरु अशुद्ध लेखिएका छन् । अर्कोपटक पुस्तक बजारमा आउने बेलामा ती शब्दहरू सच्याएर लेख्नुहुन पनि म अनुरोध गर्दछु ।