म नै हुँ हरियो रुख, म नै हुँ पानी
मैले नै बनाइदिएँ सबको जिन्दगानी
जिन्दगानी बनाए पनि पीडा दियो मानिसले
मलाई नै फोहोर पारी मेरो पानी पियौ मानिसले
मलाई नै ध्वस्त बनाई मेरो आगो बाले
मेरै ती सफा नदीनालामा फोहोरहरू फाले
मैले नै मेटाइदिएँ मानिसको भोक
फोहोर गरे पनि म नै हुँ मानिसको सबै थोक
जेनिस अधिकारी
कक्षा–५, ब्रह्मदिक् एकेडेमी, हेटौँडा–४