फुल हो यो जीवन यतिकैमा झर्न नदेऊ
अमर होस् नाम हाम्रो यतिकैमा मर्न नदेऊ
जीवन हाम्रो फुलबारी हो हाँसी–हाँसी सजाउनुछ
देशको असल नागरिक भई विकासको धुन बजाउनुछ ।
पढाई हाम्रो जिन्दगी हो अमृत सम्झी पिउनुपर्छ
गुरुबाट ज्ञान लिई सार्थक जीवन जिउनुपर्छ
हिडँन सिक्नु छ एक्लै अप्ठयारो बाटोमा
सङ्घर्ष गर्नु छ धेरै नै आफ्नो देशको माटोमा ।
गरिब हुँ बगाई पसिना बोकेर भारी जहाँ पुगिन्छ
आफ्नैबाट लुटिएर यहाँ भिखारीसम्म बनिन्छ
एकनास बगिरहने पानी ढुङ्गामा टेक्नु पर्ने हुन्छ
हिम्मत नहारी दुस्मनका अगाडि उभिनु पर्ने हुन्छ ।