सुवासचन्द्र कँडेल, अध्यक्ष पब्लिक क्याम्पस संघ मकवानपुर

हालै मकवानपुर जिल्लाका सामुदायिक क्याम्पस संघको प्रथम अधिवेशन भएको छ । अधिवेशनले हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुवासचन्द्र कँडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । क्याम्पस तहमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहिरहेको, समुदायको सक्रियतामा स्थापित क्याम्पसहरु नियमित सञ्चालनमा समस्या भइरहेको सन्दर्भ छ । नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र कँडेलसँग सामुदायिक क्याम्पसको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः अहिले क्याम्पसमा कसरी अध्ययन अध्यापन भैरहेको छ ? वातावरण कस्तो छ ?
कँडेलः
अहिले सामुदायिक क्याम्पसहरु धरासायी अवस्थामा छन् । वैदेशिक शिक्षाको प्रचलन बढेको कारण विद्यार्थीको उपस्थिातिमा पनि कमि छ । गाउँ क्षेत्रको क्याम्पस भएकाले यसै पनि विद्यार्थीको संख्या घटेको छ ।

समाजः कहिलेबाट निर्मल बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या घट्न थाल्यो ?
कँडेलः
करिब ३ वर्षयता विद्यार्थी घटेको अवस्था छ । यो भन्दा अगाडि बाहिर जाने प्रचलन पनि कम थियो । ३ वर्षे स्नातकलाई जबबाट ४ वर्षे बनाइयो तबदेखि नै यस्तो समस्या बढ्न थालेको हो ।

समाजः ४ वर्षे स्नातक शिक्षा प्रभावकारी छैन ?
कँडेलः
खासै कोर्समा त्यति धेरै परिमार्जित भएको अवस्था छैन । पहिले त २ वर्षको स्नातक हुन्थ्यो र अहिले ४ वर्षको हँुदा पनि फरक महसुस भएको छैन ।

समाजः विद्यार्थी विदेशिने समस्याको न्युनीकरण कसरी गर्न सकिन्छ ?
कँडेलः
यो त्रिभुवन विश्वविद्यालयको हातमा छ । कोरोना महामारीको समयमा स्नातक प्रवेश गरेका विद्यार्थीहरु अहिलेसम्म स्नातक तहमै छन् । समयमा परीक्षा सञ्चालन नगरिएका कारण यस्तो अवस्था आएको हो । अब न्युनीकरणका लागि भनी समयमा परीक्षा लिने र छिटो नतिजा प्रकाशन गर्ने हो भने केहि हदसम्म समस्याको समाधान हुन सक्छ ।

समाजः नेपाल पब्लिक क्याम्पस संघको मुख्य उद्देश्य के हो ?
कँडेलः
नेपाल पब्लिक क्याम्पस संघ सबै पब्लिक क्याम्पसहरुको छाता संगठन हो । यो कुनै राजनीतिक संगठन होईन । अहिले जिल्लागत रुपमा गठन भएकोमा मकवानपुर जिल्ला दोस्रो जिल्ला हो । हामीले जिल्लाभरको पब्लिक क्याम्पसहरुमा के के समस्या छन्, त्यसको समाधान र मुल्याङ्कन गर्नका निमित्त संघको गठन ग¥यौं ।

समाजः यो संघले गर्ने काम के हो ?
कँडेलः
अब हामी मकवानपुर जिल्लाका ६ वटा सामुदायिक क्याम्पस यस संघको सदस्य छांै । छिटै बैठक बस्ने तयारीमा छांै । यो संघले गर्ने काम भनेको सबैको समस्या बुझ्ने र मिलेर समाधान गर्ने हो । हाम्रो प्राथमिकता भनेको विद्यार्थी संख्या स्थिर बनाउने र क्याम्पसहरु मर्ज हुने अवस्थाको सामना गर्ने हो ।

समाजः प्राध्यापकहरुको गुनासो कस्तो हुन्छ ?
कँडेलः
गुनासो एउटा मात्र छ । उचित पारिश्रमिक पाउनु प¥यो भन्ने । सामुदायिक क्याम्पस भएकोले मनलाग्दो शुल्क उठाउन भएन । सरकार पक्षले प्राध्यापकहरुलाई पनि हेर्न आवश्यक छ । स्नातक ४ वर्ष बनाउने र शिक्षक जनशक्ति बढाउने तर सेवा सुविधामा भने केहि प्राप्त नहुने जस्ता गुनासा आएका छन् ।

समाजः विद्यार्थीमा राजनीतिको प्रभावको विषयलाई कसरी हेर्नुहुन्छ ?
कँडेलः
स्ववियु निर्मल क्याम्पसमा पनि गठन भएको छ । हाम्रो क्याम्पसमा विद्यार्थीहरु ज्ञानी छन् । यसले केहि असर गरेको छैन । तर धेरैजसो क्याम्पसहरुमा यो संगठनले दुःख दिएको सुन्न सकिन्छ । हामीले भनेको विद्यार्थीलाई छात्रवृत्ति दिन दवाव आउने गरेको छ । स्ववियु र विद्यार्थी संगठनका कार्यक्रमले पढाईमा असर गर्ने जस्तो अवस्था चै छ ।