हेटौँडा–४, भैरवरोडस्थित जामे मस्जिदमा नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु । तस्वीरः सन्तोष साशंकर/समृद्ध समाज ।

हेटौँडा : आज चैत १८ गते सोमबार इस्लाम धर्मावलम्बीहरुको प्रमुख पर्व ‘ईद उल फित्र’ मनाइँदैछ । एक महिना लामो निराहार व्रत बसेका इस्लाम धर्मावलम्बीहरु आज नजिकैको मस्जिदमा गई नमाज पढेपछि शुभकामना आदानप्रदान गरेका छन् । ईद उल फित्रको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोमबार बिहान मकवानपुर जिल्लामा रहेका ५ वटा मस्जिदमा नमाज पढिएको छ । इस्लाम धर्मावलम्बीहरुले हेटौँडा–४, भैरवरोडस्थित जामे मस्जिदसँगै हेटौँडा–४, कमलडाँडामा बिलाल मस्जिद, हेटौँडा–११, थानाभ¥याङमा अबु वकर मस्जिद रहेको छ भने मनहरी गाउँपालिकामा पनि २ वटा मस्जिदमा नमाज पढेपछि आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । मस्जिदमा नमाज पढेर सकिएपछि आपसमा भोजन खाने, खुवाउने कार्य समेत भएको छ ।