हेटौंडाः सिविन बाल हेल्पलाइन मकवानपुरको आयोजनामा बालमैत्री सहजकर्ताहरुलाई एक दिने बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिकाका बालमैत्री सहजकर्ताहरुलाई एकदिने बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बालअधिकार, बालसंरक्षण, तथा बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण दिनुभएको हो । ज्ञवालीका अनुसार हाल बालबालिकाहरु सामाजिक सञ्जाल तथा ईन्टरनेट अनलाईनले पनि बालबालिकामा मानसिक असर परिरहेको बताउनुभयो । यसको प्रभावले बालबालिकाहरु बालविवाहमा जाने डर उच्च रहेको बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले सहजकर्ताहरुका लागि आत्मविश्वास कसरी बढाउने सकिने, बालमैत्री कार्य गर्दाको समन्वयको भूमिका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा सिविन बालहेल्पलाइन हेटौंडाकी अधिकृत सम्झना अधिकारी, बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाको पनि उपस्थिति रहेको थियो ।